महोत्तरी । महोत्तरीको भँगाहा नगरपालिकामा अनिश्चितकालीन कफ्र्यू जारी भएको छ । विहीबार भंगहा नगरपालिका–८ मा हिन्दू र मुस्लिम समुदायबीच झडप भएपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले अपराह्न ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कफ्र्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले कफ्र्यू आदेश जारी गर्दै साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जानकारी गराएका छन् । उनले शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कफ्र्यू आदेश जारी गरिएको बताएका छन् ।
प्रशासनको जारी आदेशमा भनिएको छ, ‘उक्त स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी स्थानीय प्रशासनको ऐन, २०२८ को दफा ६क बमोजिम मिति २०७९÷०७÷१० गते १६ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि देहाय बमोजिमको चारकिल्ला भित्र कफ्र्यू आदेश जारी गरिएको छ ।’
जिल्ला प्रशासन कार्यालयका अनुसार दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कफ्र्यू आदेश जारी गरिएको छ ।
दुई समुदायबीचको झडपपछिको स्थिति नियन्त्रणमा लिनका लागि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।