सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सन्दीप लामिछानेविरुद्धको थुनछेक बहस सुरु

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७९, मंगलवार

    काठमाडाै । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्तीकरणी मुद्दामा आजबाट थुनछेक बहस हुँदैछ ।

    जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार सन्दीपविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । सोमबार अभियोगपत्र दायर गरिएकोमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको हो ।

    काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इलसालमा थुनछेक बहस जारी छ ।

    प्रहरीले कात्तिक ४ गते नै उनीविरूद्धको अनुसन्धान सकेर प्रतिवेदन कार्यालयमा बुझाएको थियो । तर तिहार बिदा सुरू हुँदा अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन । सन्दीपलाई १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप  छ ।