तनहुँ–२ को विकासको जिम्मा म लिन्छुः किरण गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ–२ को विकासको जिम्मा म लिन्छुः किरण गुरुङ

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७९, शुक्रबार

    दुलेगौडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं तनहुँ क्षेत्र नं २ का प्रतिनिधीसभाका सदस्य उम्मेदवार किरण गुरुङ्गले तनहुँ निर्वाचन क्षेत्र नं. २ को विकासको जिम्मा आफूले लिने बताएका छन् ।

    मंसिर ४ गते हुने आम निर्वाचनको प्रचार प्रसारका क्रममा शुक्लागण्डकीका विभिन्न क्षेत्रका मतदातालाई सम्बोधन गर्दै शुक्रवार उनले यस्तो बताएका हुन् । अबको यात्रा विकास र समृद्धिको भएको बताउदै नेता गुरुङले समग्र यस क्षेत्रको न्यायोचित विकासकालागि जिम्मा लिने बताए ।

    सम्बन्धित वडा कमिटीको अगुवाईमा भएको घरदैलो अभियानमा उनले आफनो चुनावी घोषणापत्र र विकास निर्माणको अभियानको वारेमा जानकारी दिएका थिए । गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत रहेका नेता गुरुङले नेकपा एमाले नै देशको परिवर्तनका मुख्य शक्ति भएको प्रष्ट पारे ।

    तनहुँ निर्वाचन क्षेत्र नं. २ प्रदेश १ का उम्मेदवार श्यामराजा महतले पर्यटकीय शहर पोखरासँग जोडिएको यस क्षेत्रलाई भौतिक पूर्वाधारसँगै साँस्कृतिक शहरको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । विविध भाषा, सँस्कृतिको दृष्टिले महत्वपूर्ण पालिकामा सँस्कृतिको पहिचान गर्दै संरक्षण गर्नुपर्नेमा जोड दिए ।

    शुक्रवार शुक्लागण्डकी नगरपालिका वडा नं. १ को सेराबेसी, थप्रेक, काप्रेक, काठेपिपल, रतनपुर र वडा नं. २ को गाछेपानी,, कोत्रे क्षेत्रका मतदाताको घरदैलोमा पुगेका थिए ।

    अभियानमा नेकपा (एमाले) जिल्ला कमिटीका नेता, पालिकास्तरका नेता, वडाका कार्यकर्ताहरुको उपस्थिती रहेको थियो । शनिवार प्रतिनिधी सभा सदस्यका उम्मेदवार गुरुङ भिमाद क्षेत्रमा पुग्ने कार्यक्रम छ भने महत शुक्लागण्डकी–७ र म्याग्दे–५ पुग्ने योजना रहेको नेकपा एमाले जिल्ला सदस्य गोविन्द महतले जानकारी दिए ।