दमाैली । नेकपा एकीकृत (समाजवादी) का पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठले गठबन्धनका उम्मेदवारलाई विजय गराउन आवश्यक रहेको बताएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका–५ मा शनिबार आयोजित बाम लोकतान्त्रिक गठबन्धनको कोणसभालाई सम्बोधन गर्दै श्रेष्ठले तनहुँमा गठबन्धनले चुनाव जित्ने र आफूहरुको पूर्ण सहयोग रहने बताए ।
गठबन्धन देशको आवश्यकता भएको भन्दै श्रेष्ठले मतदाता आकर्षित गर्दै गठबन्धनको पक्षमा माहोल सिर्जना गरिने बताए । नेकपा एकीकृत समाजवादीले तनहुँमा एउटा सिट पाउने आशा गरेपनि सिट नपाएको चर्चा गर्दै श्रेष्ठले त्यसो नहुँदा पनि नेकपा (एकीकृत समाजवादी) को पूरै सहयोग गठबन्धनलाई रहने बताए ।
“छ वटा सिटमध्ये एउटा सिटमा नेकपा एकीकृत समाजवादीले पाउने विश्वास थियो, वरिष्ठ नेता पौडेलले पनि सँगसँगै लैजान्छु भन्नुभएको थियो, तर सक्नुभएन,” श्रेष्ठले भने, “गठबन्धन देशकाे आवश्यकता भएकाले हामीहरु सँगै अगाडी बढ्छाै । जित्ने निर्वाचन मात्र लड्न पार्टीको केन्द्रबाट निर्देशन आएकाले आफूहरुले उम्मेदवारी निस्कृय बनाएको श्रेष्ठको भनाई थियो ।