चुनावपछि एमालेकाे सरकार : अध्यक्ष ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चुनावपछि एमालेकाे सरकार : अध्यक्ष ओली

    खबरपुञ्ज संवाददाता

    २१ कार्तिक २०७९, सोमबार

    पाेखरा ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा कांग्रेस र एमालेले हाराहारीमा सिट ल्याउँछन् भनेर गठबन्धनले भ्रम फैलाउन खोजेको टिप्पणी गरेका छन् । विभिन्न सर्भेका नाममा यस्तो भ्रमपूर्ण प्रचार भइरहेको उनको दाबी छ ।

    कास्कीमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले एमाले कांग्रेसभन्दा धेरै अगाडि पुग्ने भविष्यवाणी गरे ।

    उनले भने, ‘गठबन्धनले विभिन्न प्रकारका सर्भे भन्दै छुस्स छुस्स ल्याइरहेको छ । यसले गरेको, उसले गरेको सर्भे भन्दै एमालेलाई कांग्रेसको हाराहारीमा देखाउने कोसिस गरिएको छ । कांग्रेस हाराहारीमा मात्रै एमालेले भोट ल्याउँछ भन्ने इम्प्रेसन पार्न खोजिएको छ ।’

    ओलीले थपे, ‘म भन्न चाहन्छु, एमाले कांग्रेसको हाराहारी होइन । सानो मार्जिनले होइन, ठूलो मार्जिनले कांग्रेसभन्दा अगाडि हुन्छ एमाले । एकल बहुमत ल्याउँछ । एकल बहुमतको सरकार बनाउँछ । अरू कसैलाई सरकारमा सामेल नगर्ने भन्ने होइन । तर त्यो सरकार फेरि पनि एमालेको हुन्छ ।’