आगोले जलेर भिमादमा नौ वर्षीय बालकको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आगोले जलेर भिमादमा नौ वर्षीय बालकको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २३ कार्तिक २०७९, बिहीबार

    दमौली । तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ वर्षीय सुभाष थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

    घरको भान्साकोठामा आगो ताप्ने क्रममा गत कात्तिक २१ गते जलेर घाइते भएका थापाको उपचारका क्रममा पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा गएराति मृत्यु भएको प्रहरी नायब उपरिक्षक युवराज खड्काले जानकारी दिए । आगलागीबाट निज बालकको शरीरका विभिन्न भाग जलेको थियो ।