मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टोली घोषणा, को को परे टिममा?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेस्सीको कप्तानीमा अर्जेन्टिनाको विश्वकप खेल्ने टोली घोषणा, को को परे टिममा?

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७९, शुक्रबार

    एजेन्सी । कतार विश्वकपका लागि अर्जेन्टिनाले टोली घोषणा गरेको छ। लियोनल मेस्सीको कप्तानीमा घोषणा गरेको टोलीमा कोपा अमेरिका जित्दाका खेलाडी समेटिएका छन्। 

    चोटका कारण मैदान फर्किने नफर्किने अन्योलमा रहेका भनिएका खेलाडीहरुलाई पनि लियोनेल स्कालोनीले समावेश गरेका छन्।

    विश्वकपमा अर्जेन्टिनाको पोष्ट इमिलियाओ मार्टिनेजले सम्हाल्दा अग्रभागमा मेस्सीलाई एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, पाउलो डिबालाले साथ दिने छन्।

    रक्षकको जिम्मा अनुभवि खेलाडी निकोलास ओटामेन्डीले पाउने छन्। उनलाई रोमेरो, मार्टिनेज, अकुना जस्ता विश्वका ठूला क्लवमा डिफेन्स धानिरहेका युवा डिफेन्डर साझेदारका रुपमा रहनेछन्। 

    मिडफिल्डमा पनि अर्जेन्टिनाले यसअघिकै सेट विश्वकपमा उतार्ने देखिएको छ। डे पउल, परेडेस, रोड्रिग्वेज, गोमेजसहित मिडफिल्डरमा छानिएका छन्। अघिल्लो विश्वकपमा अन्तिम १६ बाटै बिदा भएको अर्जेन्टिनालाई यसपटक बलियो दाबेदारका रुपमा हेरिएको छ।

    लियोनेल मेस्सीको अन्तिम विश्वकप हुन सक्ने भएकाले पनि अर्जेन्टिना यसपटक मेस्सीको कप्तानीमा विश्वकप उचाल्न अन्तिम प्रयास गर्नेछ।

    यस्तो छ अर्जेन्टिनाको टिम 
    गोलरक्षक : इमिलियानो मार्टिनेज, जिरोनिमो रुली र फ्रान्को अर्मानी

    डिफेन्डर : नहुइल मोलिना, गोन्जालो मोन्टियल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलास ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कोस अकुना, निकोलास टाग्लिफिको र जुअन फोथ

    मिडफिल्डर : रोड्रिगो डे पउल, लेयान्द्रो परेडेस, एलेक्सिस माक अलिस्टर, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, एन्जो फर्नान्डेज र एक्सक्वेल पालासिओस

    फरवार्ड : एन्जल डिमारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलास गोन्जालेज, जोक्वीन कोरेया, पाउलो डिबाला,  लियोनेल मेस्सी