मध्यराति नाइट क्लब पुगे एमाले अध्यक्ष ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मध्यराति नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

    खबरपुञ्ज संवाददाता

    २५ कार्तिक २०७९, शनिबार

    काठमाडौ । चुनावी अभियानमा व्यस्त रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति नाइटक्लब पुगेका छन्।

    ओली शुक्रबार मध्यराति १२ बजेतिर काठमाडौंको ठमेलमा रहेको एलओडी (लर्ड अफ ड्रिंक्स) क्लबमा पुगेका हुन्। 

    एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीतसमेत बजाउन लगाएका थिए। र, त्यहाँ रहेका ग्राहकहरू उनको नाममा बनेको गीतमा झुमेका थिए।

    मंसिर ४ नजिकिएसँगै नेताहरूले जनलहर आफ्नो पक्षमा पार्न विभिन्न गतिविधिहरू गरिरहेका छन्।