पोखरा । प्रदेशका कानुनमन्त्री विन्दुकुमार थापा दोस्रो कार्यकालका लागि गण्डकी प्रदेश सभामा निर्वाचित भएका छन् । उनी कास्की २ ‘ख’ बाट निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार कांग्रेसका विन्दुकुमारले नेकपा एमालेकी मीना गुरुङलाई १ हजार ३०९ मतान्तरले पराजित गरेका हुन् ।
थापाले ९ हजार २८० मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी मीना गुरुङले ७ हजार ९७१ मत पाइन् ।
थापा अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष निर्वाचित भएका थिए । वाम गठबन्धनले कास्कीका ५ प्रदेशसभा जित्दा नेपाली कांग्रेसबाट कास्कीमा प्रत्यक्ष जित्ने उनी एक्लै बनेका थिए ।
त्यतिबेला बाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी राजकाजी गुरुङलाई पराजित गर्दै संसदीय यात्रा सुरु गरेका थापाले यसपटक माओवादीसहितको गठबन्धनको साथ लिएर दोस्रो पटक प्रदेश सभा यात्रा तय गरेका हुन् । मिना २०७४ मा पनि समानुपातिकतर्फबाट गण्डकी प्रदेश सभा सदस्य बनेकी थिइन् । कास्की २ ‘ख’ मा नेकपा एमालेका भीम कार्की विजयी भइसकेका छन् ।