दोलखामा माओवादीका कार्की विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    दोलखामा माओवादीका कार्की विजयी

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७९, सोमबार

    दोलखा । दोलखामा प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका गंगा कार्की विजयी भएका छन् ।

    कार्कीले एमाले उमेदवार बालकृष्ण  शिवाकोटीलाई ३ सय १८ को मतान्तरमा हराउदै विजयी भएका हुन् । कार्कीले ३६ हजार ७९९ मत ल्याउँदा एमालेका सिवाकोटीले ३६ हजार ४८९ मत ल्याएका छन् ।

    मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । १६४ जिल्लाको मत परिणाम आइसक्दा दोलखाको मात्रै आउन बाँकी थियो ।

    अन्तिम परिणाम आएसँगै माओवादी केन्द्रले प्रत्यक्ष तर्फ १८ स्थानमा जित हासिल गरेको छ ।मंसिर ४ गते भएको निर्वाचनमा दोलखाका केही मतदान केन्द्रमा गठबन्धनले बुथ कब्जा गरेपछि १० मतदान केन्द्रमा मंसिर १५ गते पुन: निर्वाचन भएको थियो ।

    दोलखाको दुइ प्रदेश सभा मध्ये प्रदेश सभा १ मा नेपाली कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेश सभा २ मा एमालेका भरत केसी निर्वाचित भएका छन् ।