पाेखरा । नवनिर्वाचित गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । मनाङबाट प्रदेशसभामा निर्वाचित भएका मनाङे साेमबार नेकपा एसमा प्रवेश गरेका हुन् ।
२०७४ काे निर्वाचनमा पनि स्वतन्त्र रुपमा विजयी भएका गुरुङ प्रदेशकाे मन्त्री पनि हुन् । साेमबार नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी आफू पार्टीमा सक्रिय हुने गुरुङले विज्ञप्तीमार्फत जनाएका छन् ।