काठमाडौ । बारा-४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान) ले रोकिएका विकास आयोजना सुचारु गर्न निर्देशन दिएका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपाल सिग्देल, महानिर्देशक अर्जुनजंग थापालाई सोमबार भेटी सांसद श्रेष्ठले अलपत्र रहेका विकास आयोजना सुचारु गर्न निर्देशन दिएका हुन् ।
पूर्वमन्त्री श्रेष्ठले पथलैया वीरगञ्ज करिडोर, गण्डक-फेटा क्यानल रोड, अलपत्र बंगेरी खोला पक्की पुल ,बालुवा-बजरिया बीचको पोखरी खोला पुल, जितपुर आमाठार फत्तेपुर हुँदै चिनी मिल नजिकको बंगेरी खोला पुलको कामलाई अगाडी बढाउन निर्देशन दिएको स्वकीय सचिव जगत खड्काले जानकारी दिए।