काठमाडौं । निजी सेवा प्रदायक कम्पनी एनसेलको नेटवर्क डाउन भएको छ । आज बिहानदेखि नै फोन नलाग्ने समस्या आएको हो । एनसेलमा बेला बेलामा नेटवर्क देखाएपनि फोन लाग्दैन । अहिलेसम्म समस्याको कारण एनसेलले खुलाएको छैन ।
आज सार्वजनिक बिदा भएकाले नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीसँग सम्पर्क हुन सकेन ।
एनसेलले ट्वीटमा भने सेवामा समस्या आएको भनेर जानकरी गराएको छ ।
‘समस्या सक्दो चाँडो समाधान हुनेछ, कृपया प्रतीक्षा गर्नु होला,’ एनसेलले लेखेको छ ।