ब्राजिल र क्रोएसियामा को बलियो ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    ब्राजिल र क्रोएसियामा को बलियो ?

    खबरपुञ्ज संवाददाता

    २२ मंसिर २०७९, शुक्रबार

    काठमाडौ । फिफा विश्वकप फुटबलको क्वाटरफाइनलका खेल आजदेखि सुरु हुँदैछन् ।

    कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् ।

    विश्वकपमा सबैभन्दा सफल टोली ब्राजिल हो । ब्राजिलले पाँच पटक विश्व कपको उपाधि जित्दा इटली र जर्मनीले चार/चार पटक, अर्जेन्टिना, फ्रान्स र उरुग्वेले दुई/दुई पटक तथा इङ्ल्यान्ड र स्पेनले एक/एक पटक उपाधि जितेका छन् ।

    क्वाटरफाइनलको पहिलो खेलमा ब्राजिल र क्रोएसिया खेल्दैछन् । यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे एजुकेसन सिटी मैदानमा सुरु हुनेछ ।

    ब्राजिलले अन्तिम १६ मा दक्षिण कोरियालाई ४–१ गोलले हराएको थियो । त्यस्तै क्रोएसियाले जापानलाई पेनाल्टी सुटआउटमा हराएको थियो ।

    यस्तो छ पाँच पटकको विश्वकप विजेता ब्राजिल र सन् २०१८ को उपविजेता क्रोएसियाको हेड टु हेड

    कीर्तिमान पाँच पटकको विजेता ब्राजिल र सन् २०१८ को उपविजेता क्रोएसिया अहिलेसम्म चार पटक खेलेका छन् ।

    जसमा ब्राजिल ३ पटक विजयी हुँदा एउटा खेल बराबरी भएको छ । ब्राजिलले ७ गोल गरेको छ भने क्रोएसियाले २ गोल मात्रै ।

    सन् २००५ मा भएको मैत्रिपूर्ण खेलमा दुई देशले एक/एक गोलको बराबरी खेलेका थिए ।

    त्यस्तै सन् २००६ मा भएको विश्वकप फुटबलमा ब्राजिल १–० गोलले विजयी भयो । यसैगरी सन् २०१४ मा ब्राजिलले क्रोएसियालाई ३–१ र सन् २०१८ मा भएको मैत्रिपूर्ण खेलमा २–० ले जितेको थियो ।