३० करोडको खानेपानी आयोजनाको डिपीआर कार्यान्वयन गर्न श्रेष्ठद्वारा ध्यानाकर्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ३० करोडको खानेपानी आयोजनाको डिपीआर कार्यान्वयन गर्न श्रेष्ठद्वारा ध्यानाकर्षण

    खबरपुञ्ज संवाददाता

    २५ मंसिर २०७९, सोमबार

    काठमाडौ । बारा-४ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले अमलेखगन्जको खानेपानी आयोजनाको डिपीआर कार्यान्वयन गर्न खानेपानी मन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

    श्रेष्ठले मन्त्री चौधरीलाई सोमबार भेटी खानेपानी समस्या समाधानका लागि एडिबीको सहयोगमा निर्माण हुन लागेको आयोजनाको डिपीआर कार्यान्यवन गर्न आग्रह गरेका हुन् । एडिबीको सहयोगमा मन्त्रालयले ३० करोड लागतको आयोजना निर्माण गर्दैछ ।

    साथै मन्त्री चौधरी र पूर्वमन्त्री श्रेष्ठबीच बाराको समग्र विकास योजनाबारे छलफल भएको थियो ।