डा. खनाल स्याङ्जामा सम्मानित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    डा. खनाल स्याङ्जामा सम्मानित

    खबरपुञ्ज संवाददाता

    २८ मंसिर २०७९, बुधबार

    पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, स्याङ्जाले डा. तुलसीराम खनाललाई सम्मान गरेको छ । प्रतिष्ठानले बुधबार आठौ जिल्ला अधिवेशनको अवसर पारी खनाललाई सम्मान गरेको हो ।

    स्याङ्जा जिल्ला भीरकोट नगरपालिका-८ मोहनडाँडा निवासी पिता तेजप्रसाद खनाल र माता ईश्वरी खनालका एकमात्र सुपुत्रका रूपमा जन्मिई नेपाली लोक सङ्गीतको अध्ययन अनुसन्धानमा निरन्तर लागेर विद्यावारिध सम्पन्न गरेका खनाल प्रतिष्ठान स्याङ्जाको संस्थापक सचिव हुन् ।

    सो अवसरमा प्रतिष्ठान केन्द्रका अध्यक्ष रमेश बिजी, उपाध्यक्ष पशुपति शर्मा, उपमहासचिव शिव हमाल, सचिव जीवन दाहाल, गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङ लगायतको सहभागिता थियो ।