नेपाली जनताको लामो संघर्ष र ठूलो बलिदानिबाट प्राप्त उपलब्धिहरु आज गुम्ने खतरा बढ्दै गैईरहेको छ,संबिधानमाथी धावा बोलिरहेका छन्,संघियतामाथी गिद्देदृस्टी राख्नेहरुकै रजगज देखिन थालेको छ । हाम्रा उपलब्धि हरुको रक्षा गर्नुपर्ने बेला आएको छ । सबै नेपालिहरु गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ।
साम्राज्यवाद र बिस्तारबादहरुको अन्त्यका लागि भएपनि हे नेपाल आमा फेरि एक पटक बलभद्र कुंवर,भक्ती थापाहरु जन्माउनै पर्ने भएको छ ।
हे बिपि, हे मनमोहन,हे मदन भण्डारी कस्तो सपना अनि कल्पना थियो होला है देश र जनताको लागि किन अल्पायुमै अस्तायौ , यो देश बचाउन,रास्ट्रियता बचाउन एकपटक धर्तिमा आउनैपर्ने देखियो ।
मेरो देश आज सीमानामा गुदेली लिएर माटो बचाउनुपर्ने बाध्यता छ,सरकार देख्दैन रास्ट्रका गहना खेलाडीहरु जेल भित्र छन् उनीहरुको चर्चा हुदैन तर कुख्यात अपराधीहरु छुटाउन अनेकन हतकण्डा अपनाईरहेका छन् हामिलाई दुख्दैन, देशको अस्मिता संग सत्ता साट्ने बदनियत छ युवा तात्दैन, व्यवस्था फेरियो तर अवस्था उहीँ नै छ।
ब्यवस्थालाई दोष दिएर लामो संघर्ष गर्यौं तर नेतृत्वकर्तालाई सुधार्न सकेनौं। हिजो राजा थिए हामी रैती थियौं आज नेता मालिक बने हामी दास बन्न खोजिरहेका छौं ।
युवा पुस्ताहरु वल्डकप कस्ले जित्छ भनेर दिन दिनै चिन्तामा छन् माटो बेच्न लागेको रास्ट्रको अस्मिता बेचीन पुगेको आफ्नो देशको सरकारमा बिदेशी नाचेको चिन्ता लिन सकेका छैनन् । हिजो बिस्तारवाद हाबी थियो ।
सुस्ता,महेशपुर बचाउन लागौं भन्ने आवाज थियो,आज साम्राज्यवादको ईशारामा नै देश चल्न पुगेको छ, हामी सुतिरहेकै छौं । सीमानामा चेली बलात्कृत हुन्छे,खुलेमा बिस्तारबादिहरु हाम्रो अस्मिता लुट्न लागिपरेका छन्,हामी चुप छौं । जनता सचेत बनाउन जागरुप गराउने, आवाज बिहिनहरुको आवाज बुल्न्द गर्ने चौथो अंग बिज्ञापनको पर्खाईमै जदौ गर्दै बस्नुपर्ने बाध्यात्मक अवस्था छ । सुरक्षा निकायहरु सरुवा र बडुवाको फुलि थाप्ने लाईनमा सलाम ठोकेका छन् ! देशका कर्मचारीहरु बिदेशीलाई सूचना पठाउदै परिवारको गर्जो टाल्नमा व्यस्त छन ।
विद्वान बर्गहरु, चियागफमा नै आफ्ना मगज बिगारिरहेका छन् , राजनीतिक बिश्लेसकहरु नियुक्ति लिने लाईनमा बसि सत्य तथ्य वकालत गर्न छाडेका छन् । विद्यार्थीहरु चिया र चुरोटको धुवाँमा आफ्नो भविष्यको महल ठड्याईरहेका छन् । युवाहरू नेतृत्वको हजुरियामा व्यस्त रहेका छन् ।
मेरो देशको शासकले जनता बुझ्दैन,शुशासन बुझ्दैन, किसानलाई मलको अभाव बुझ्दैन,शैक्षिकसत्रको अन्त्यसम्म विद्यार्थीलाई पाठ्यक्रमको अभाव बुझ्दैन,सुत्केरी ब्यथाले छट्पटीएर मृत्यु हुनुपरेको पीडा बुझ्दैन, सिटामोलको अभावमा बुझ्दैन, लु चलेको ,सिरेटोले ओठ सुकेको,नानाको अभाव,खानाको अभाव, छानाको अभाव देख्दैन केवल अपराधीको मर्का बुझ्छ । शासन चलाउनेलाई माटो दुख्दैन,रास्ट्र रास्ट्रियता बारे बुझ्न चाहदैन, आफूलाई मालिक ठान्छ
मजदुरलाई देशको भन्दा पेटको चिन्ता बढी छ ।
हे विष्णु हिरन्णिय कश्यप बाट प्रलादहरु बचाउने कहिले ?
हे राम मेरो देशका रावणहरुको नस्ट गर्न आउने कहिले ?
हे कृष्ण कंस बन्न खोज्नेहरुको अन्त्य गर्ने कहिले ?
हे बैकुण्ठनाथ कल्की अवतार लिने कहिले ?
हे कृष्ण पापिहरुको नस्ट कहिले?