काठमाडौ । बारा-४ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानको पहलमा फुसको छाना विस्थापित गरिने भएको छ । सुरक्षित आवास कार्यक्रम मार्फत् बारा-४ का १५६० घरधुरीमा फुसको छाना विस्थापित गरी जस्ताको छानो राख्ने प्रकृया सुरु भएको छ ।
त्यसका लागि शहरी विकास मन्त्रालयबाट ११ करोड ७० लाख बजेट विनियोजन भएको छ । सांसद श्रेष्ठले बारा-४ का जनताले आफूमाथि गरेको विश्वासलाई टुट्न नदिने बताएका छन् ।