काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका लागि बिहीबार तोकिएको पेशी स्थगित भएको छ ।
सन्दीपकै कानून व्यवसायीले पेशी स्थगित गरेका हुन् । सुनुवाइका लागि पाटन उच्च अदालतमा राज्यलक्ष्मी बज्राचार्य र नरिश्वर भण्डारीको संयुक्त इजलास तोकिएको थियो ।
आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनको पेशी तेस्रोपटक सरेको हो । पहिलोपटक सन्दीपकै कानुन व्यवसायीले स्थगित गरेका थिए भने दोस्रो पटक हेर्न नभ्याइने भएर सूचीमा परेको थियो ।
हाल केन्द्रीय कारागारमा रहेका सन्दीपको पक्षमा पछिल्लो समय क्रिकेटरहरू बोल्न थालेका छन् ।
शरद भेषावकर, आरिफ शेखलगायतले सामाजिक सञ्जालमा सन्दीपको न्यायका लागि दबाब दिएका छन् ।
सन्दीपविरुद्ध एक किशोरीले बलात्कारको आरोप लगाएकी थिइन् ।