जाडो मौसममा रोटा भाइरस संक्रमण र रोटा खोपको बारे जानकारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विचार

    जाडो मौसममा रोटा भाइरस संक्रमण र रोटा खोपको बारे जानकारी

    प्रमोद (प्रिन्स) शाह

    २७ पुष २०७९, बुधबार

    रोटा भाईरस बाट हुने पखाला धेरै संक्रामक सरुवा रोग हो यो रोग सबै उमेरका व्यक्तिहरुमा लाग्ने भएतापनि विशेष गरी शिशुहरु र २ वर्ष भित्रका बच्चाहरुलाई धेरै प्रभाव पार्छ

    विश्वको अवस्था

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा ५ वर्ष मूनिका बच्चाको कुल मृत्यु मध्ये करिव १७ प्रतिशत मृत्यु खोप वाट बचाउन सकिने रोग वाट हुन्छ भने सो मध्ये रोटा भाईरसको संक्रमणबाट मात्र ३० प्रतिशतको मृत्यु हुन्छ। झाडापखाला (कुल मृत्युको ९ प्रतिशत) प्रमुख कारण रहेको छ पखालाको कारण वाट हुने कुल मृत्यु मध्येमा ३२ देखि ३८ प्रतिशत मृत्यु रोटा भाइरसको संक्रमणको कारण हुने पखाला बाट हुन्छ वर्षेनी विश्वभर झण्डै साढे चारलाख मानिसहरुले ज्यान गुमाउने गरेका छन्।

    विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार सन २०१३ मा मात्र रोटा भाईरस संक्रमणको कारण विश्वभर २,१५,००० वालवालिकाको मृत्यु भएको थियो त्यसैगरि बर्षेनी झन्डै २० लाख मानिसहरु रोटा भाइरस संक्रमणको कारण अस्पतालमा भर्ना हुने गरेका छन्

    रोटा भाइरसले गराउने पखालाको अवस्था नेपालमा कस्तो छ ?

    हाल उपलब्ध तथ्यांकको आधारमा नेपालमा ५ वर्ष मुनिको बच्चाको संख्याको करिव ५० प्रतिशत बच्चाहरुलाई बर्सेनी पखाला लाग्ने गरेको देखिन्छ । कान्ती बाल अस्पतालमा गरिएको एक अध्ययनले पखालाको कारणबाट अस्पतालमा भर्ना हुने ५ वर्ष मुनिका बच्चा मध्ये २१ देखि ३८ प्रतिशत बच्चाहरु रोटा भाइरसको कारणबाट हुने पखालाको कारण भर्ना भएको पाईएको छ यस बाट नेपालमा वार्षिक सरदर ४,२०,००० जना वालवालिका लाई रोटा भाईरसको संक्रमण हुने अनुमान गर्न सकिन्छ ।

    यो रोग सर्ने माध्यम (Transmission)

    यो रोग मुख्य रूपमा संक्रमित व्यक्तिको दिशा वाट दुषित खाना र पानी (Fecal Oral Route) को माध्यम बाट सर्दछ ।

    रोटा भाइरस संक्रमणका लक्षण र चिन्हहरु

    यो रोगले विशेषगरि आन्द्रामा संक्रमण गराउँछ । सुरुको अवस्थामा सामान्य ज्वरो आउने, पखाला लाग्ने, वान्ता हुने, पेट दुख्ने (Gastroenteritis)  साथै कडा जलबियोजनले शरिर कमजोर र छाला चाउरिनि आदि जस्ता चिन्ह, लक्षणहरु देखिन्छन् ।

    सामान्यतया पखाला कडा किसिमको हुन्छ भने उक्त अवस्था ४८ घण्टा सम्म रहन सक्छ र ३ देखि ७ दिनमा आफै रोकिन सक्छ यो पखालाको प्रमुख समस्या जलवियोजन यो  रोग विशेष गरी वालवालिकामा जाडो मौसममा धेरै संक्रमण हुने गरेको देखिन्छ ।

    यो रोगको रोकथाम,वच्ने उपाय र उपचार कसरी गर्ने ?

    • चर्पी गएपछि, दिसापिसाब छोएपछि र फोहोर वस्तु चलाएपछि साबुनपानीले राम्री हात धुने साथै सरसफाइमा ध्यान दिने
    • जलवियोजन तथा सिकिस्तपनाबाट बचाउन बच्चालाई प्रशस्त मात्रामा आमाको दुध चुसाउने, झोलिलो र पौष्टिक खाना खुवाउने
    • घर परिवारका सदस्यहरूले नियमित चर्पीको प्रयोग र बालबालिकाहरुको दिशा पनि चर्पीमै विसर्जन गर्ने
    • ६ महिना सम्म पूर्णस्तनपान र ६ महिना पछि स्तनपानका साथै थप पौष्टिक खाना खुवाउने
    • ६ महिना देखि ५ वर्ष मुनिका वालवालिकाहरुलाई ६-६ महिनामा नछुटाई भिटामीन ए र जुकाको औषधि खुवाउने

    जलवियोजन र कडा जटिलता हुनबाट बचाउन चिकित्सकको सल्लाह अनुसार पुनर्जीलिय झोल र जिङ्क चक्कि खुवाउने साथै लक्षण अनुसारको स्वास्थ्य व्यवस्थापन र उपचार समेत गर्नुपर्दछ । प्रमुख उपाय भनेको शिशुहरुलाई रोटा खोप सहित अन्य खोप दिनुनै हो

    रोटा खोप (Rota  Vaccine) के हो ?

    रोटा भाईसर विरुद्द Rotarix नामक खोप निश्क्रिय पारिएको जिवित विशाणु (Live Attenuated) सफा झोलको रुपमा तयार गरिएको खोप हो ।विश्वमा विभिन्न प्रकारका रोटा भाइरस बिरुद्धको खोप उपलब्ध छन्, जसमध्ये नेपालमा हाल Rotarix RV1 (Monovalent Human Rotavinus Vaccine) प्रयोगमा ल्याईएको छ । सन् २००६ देखि हाल सम्म विश्वका २० भन्दा बढि देशहरुमा रोटा भाइरस विरुद्धको खोप प्रयोग भइरहेको छ अन्य खोप जस्तै यो खोप पनि अत्यन्त सुरक्षित र प्रभावकारी छ ।

    रोटा खोप प्रयोग विधि

    • ६ हप्ता र १० हप्ताको उमेरमा २ मात्रा रोटा खोप खुवाउनु पर्छ
    • यो खोप मुख वाट खुवाइन्छ र खुवाउने बेला एउटा ट्युबमा आउछ जुन मज्जाले थिचेर पुरै झोल बच्चाको मुखको भित्रि भागमा चुहिने गरी खुवानुपर्छ
    • रोटा भाइरस विरुद्ध को खोप राष्ट्रिय खोप कार्यक्रम अन्तरगत सबै खोप केन्द्रहरुमा निःशुल्क पाइन्छ

    विशेष जानकारीको लागी नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मी सँग सल्लाह सुझाव लिन सकिन्छ ।

    स्रोतः- World Health OrganizationMinistry of Health and Population, NepalFamily Welfare Division, NepalSocial MediaSelf Study and ReaserchNational Immunatizion Programm of Nepal  

    लेखक आँबुखैरेनी गाउँपालिका स्वास्थ्य शाखा सहायक हुन् ।