मेसीको गोलमा पिएसजी विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसीको गोलमा पिएसजी विजयी

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७९, बिहीबार

    काठमाडौँ । फ्रेन्च लिग अन्तर्गत पिएसजीले एन्जर्सलाई पराजित गरेको छ ।

    गएराती सम्पन्न खेलमा पिएसजीले एन्जर्सलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

    पिएसजीको जितमा हुगो एकिटिके र लियोनेल मेसीले एक एक गोल गरेका थिए ।

    विश्वकपपछि पिएसजी फर्किएका मेसीले पहिलो खेलमै गोल गर्दै उत्कृष्ट शुरुवात गरेका छन् । मेसीले यस सिजनको लिग वानमा १४ खेलमा ८ गोल गरेका छन् भने १० गोल असिस्ट गरेका छन् ।

    यो जितपछि पिएसजीको १८ खेलमा ४७ अंक रहेको छ । पिएसजी दोस्रो स्थानमा रहेको लेन्सभन्दा ६ अंकले अगाडी रहेको छ ।

    त्यस्तै एन्जर्सको १८ खेलमा ८ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।