विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विमान दुर्घटनामा मृत्यु हुनेमा कृषि प्रसार अधिकृत पनि

    खबरपुञ्ज संवाददाता

    १ माघ २०७९, सोमबार

    पाेखरा । पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी (बर्दघाट सुस्तापूर्व) कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । यो खबरसँगै पूरै गाउँ हिजोदेखि शोकमा डुबेको छ ।

    विगत पाँच वर्षदेखि उहाँ कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत थिए । कृषि ज्ञान केन्द्र म्याग्दीमा कार्यरत कृषि प्रसार अधिकृत ३४ वर्षीय मोहनप्रकाश श्रेष्ठको विमान दुर्घटनामा निधन भएको हो ।

    केन्द्रका प्रमुख किरन सिग्देलले सोमबार बिहान श्रेष्ठको शवको पहिचान भएको बताए । “यात्रुको विवरण र सम्पर्क नम्बर मिलेको थियो,” उनले भने “उहाँको साथमा रहेका कागजात र शवको पहिचान भएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको शव परीक्षणको पर्खाइमा छौँ ।”

    नवलपुर स्थायी ठेगाना भएका श्रेष्ठ गत असोजमा म्याग्दीमा सरुवा भएर आएका थिए । वि।स। २०७४ मा निजामती सेवामा प्रवेश गरेका श्रेष्ठ म्याग्दी आउनुअघि नवलपुरमा कार्यरत थिए । श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव साेमबार नै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ । श्रेष्ठको परिवारमा श्रीमती, एक छोरी र बुवाआमा हुनुहुन्छ । –