पॉचौ आदिवासी महोत्सव : मुख्यमन्त्री खगराजले समापन गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    पॉचौ आदिवासी महोत्सव : मुख्यमन्त्री खगराजले समापन गर्ने

    खबरपुञ्ज संवाददाता

    ३ माघ २०७९, मंगलवार

    दमौली । व्यास नगरपालिका-३ विपी वनवाटिकामा जारी पॉचौ आदिवासी जनजाति तथा सांस्कृतिक महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समापन गर्ने भएका छन् ।

    महोत्सवको बुधबार मुख्यमन्त्री अधिकारीले समापन गर्ने कार्यक्रम रहेको छ । गत पुस २२ देखि आयोजित महोत्सव माघ ३ गतेसम्म भनिएपनि एक दिन थप गरिएको थियो । पोखरामा विमान दुर्घटनाका कारण सोमबार महोत्सव स्थगित गरिएको थियो ।

    महोत्सव समापन समारोहमा उपस्थित हुन सबैलाई आग्रह गरिएको महोत्सव संयोजक एवं नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्का अध्यक्ष सुजित हिराचनले बताए ।