टाइगर कपः आर्मी, एपीएफ र गण्डकीको विजयी सुरुआत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टाइगर कपः आर्मी, एपीएफ र गण्डकीको विजयी सुरुआत

    खबरपुञ्ज संवाददाता

    ८ माघ २०७९, सोमबार

    पोखरा । पोखरामा सुरु टाइगर कप भलिबलमा ३ खेल भएको छ । आइतबारदेखिस सुरु तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल एपीएफ र गण्डकी प्रदेशले विजयी सुरुवात गरेका छन् ।

    प्रतियोगिताको पहिलो खेलमा महिलातर्फ विभागीय टिम त्रिुभवन आर्मी क्बल विजयी भयो । आर्मीले न्यु डायमण्डलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पहिलो सेटमा आर्मीले न्यु डायमण्डमाथि २७–२५ को जित निकाल्यो । दोस्रो सेटमा कमजोर खेलेको डायमण्डलाई २५–१७ र तेस्रो सेटमा २५–२३ अंकका साथ आर्मीले सहज जित हासिल गरेको हो ।

    दोस्रो खेलमा पुरुषतर्फ २ विभागीय टिम त्रिभुवन आर्मी क्लब र शसस्त्र प्रहरी बल एपीएफ आमानेसामने भए । साविकको उपाधि विजेता त्रिभुवन आर्मी क्लबले यो संस्करणमा सुखद सुरुवात गर्न सकेन ।
    एपीएफले ३–१ सेटमा साविक विजेता त्रिभुवन आर्मीलाई पराजित गर्दै जित दर्ता गराएको छ । पहिलो सेट त्रिभुवन आर्मीले २५–२० अंकमा जित निकालेपनि त्यसपछिका लगातर ३ सेटमा पराजय व्यहोरेको छ । दोस्रो सेटमा २५–२२, तेस्रो सेटमा २६–२४ र चौथो सेटमा २५–१९ अंकले आर्मीलाई हराउदै एपीएफ विजयी भएको हो ।

    तेस्रो खेलमा पुरुषतर्फ गण्डकी प्रदेशले सानदार जित दर्ता गरायो । घरेलु मैदानमा भएको प्रतियोगितामा गण्डकीले विभागीय टिम नेपाल पुलिस क्बललाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद सुरुवात गरेको हो ।

    पहिलो सेटमा गण्डकीले पुलिसमाथि २५–२३ अंकले जित दर्ता गरायो । दोस्रो सेटमा २५–२० र तेस्रो सेटमा २५–१६ अंकका साथ गण्डकी विजयी भएको छ ।

    पुरुषतर्फ एक विदेशीसहित ५ टिम सहभागी छन् । श्रीलंकाको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुव आर्मी क्लब, नेपाल पुलिस क्लब, शसस्त्र प्रहरी बल एपीएफ र गण्डकी प्रदेश सहभागी छन् ।

    महिलातर्फ ४ टिम सहभागी छन् । विभागीय टिम त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल एपीएफ, न्यु डायमण्ड र गण्डकी प्रदेशको सहभागिता रहेको छ ।

    विभागीय टिम नेपाल पुलिस क्बल र भारतको केरेला स्टेट इलेक्ट्रोनिक बोर्ड अन्तिम समयमा अनुपस्थित हुने जानकारी गराएपछि गण्डकीको महिला टिमलाई मैदान उतारिएको हो । भारतका ३ जना राष्ट्रियस्तरका खेलाडी गण्डकीको महिला टिमबाट खेल्नेछन् ।

    प्रतियोगिता राउण्ड रोबिनको आधारमा सञ्चालन हुनेछ । प्रतियोगिताको उपाधी विजेता टिमले ५÷५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रोले २ लाख ५० हजार रुपैयाँ, तेश्रोले १ लाख २५ हजार रुपैयाँ र सान्त्वना हुने टिमले ६५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रुपैयाँले पुरस्कृत हुनेछन् । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकले १० हजार पाउनेछन् । प्रतियोगिता माघ १४ गतेसम्म चल्नेछ ।

    दोस्रो संस्करणको टाइगर कप आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगितामा पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ एपीएफ च्याम्यिन बनेका थिए ।