पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरुबीच मंगलबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
गण्डकी प्रदेशमा ठूलो बजेट चलाउने मन्त्रालयको दाबीबाट माओवादी केन्द्र टसमस नहुँदा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाट हुन सकेको छैन।
यसैगरी मन्त्रालयको विषयमा पनि अझै सहमति नजुटेको स्रोतले बताएको छ।