प्रभु हेलिकप्टरका सबै उडानमा रोक
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रभु हेलिकप्टरका सबै उडानमा रोक

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७९, मंगलवार

    काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको छ । माघ ५ गते अनुमतिविना स्याङजाको वालिङ खेल मैदानमा हेलिकप्टर अवतरण गरेको भन्दै प्राधिकरणले उडान बन्द गराएको हो ।

    प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले प्रभु हेलिकप्टरलाई अवतरण गर्नुपर्ने कारण मौखिकरूपमा सोधेको बताए । अहिलेसम्म जवाफ नआएकाले अर्को निर्णय नभएसम्म प्रभु हेलिकप्टरका सबै उडानमा रोक लगाएको निरौलाले बताए ।

    उनले भने, ‘हामीले मौखिक जवाफ सोधेका छौं, जति ढिलो जवाफ आउँछ उतिनै उडान गर्न नपाउँने समय लम्बिन्छ । यसकारण सम्भवत: आजै जवाफ आउने बुझेको छु । जवाफपछि छानबिन गर्छौं ।’

    प्राधिकरणले हिजोमात्रै एटीसीको नियम उल्लघंन गर्ने नेपाल वायुसेवा निगमका पाँच पाइलटलाई निलम्बन गर्न निर्देशन दिएको थियो ।