भूकम्पले बाजुरामा ४ घर भत्किए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    भूकम्पले बाजुरामा ४ घर भत्किए

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७९, मंगलवार

    कैलाली । बाजुरामा ५. ९ रेक्टर स्केलको भूकम्प जाँदा चार घर भत्किएको छ । बडीमालिका नगरपालिका ७ र ९ मा गरि ४ घर भत्किएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ ।

    एक घर पूर्ण रुपमा भत्किएको छ भने अन्य तीन घरको पर्खालमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराका डीएसपी सूर्य थापाले जानकारी दिए ।

    अन्य विवरण आउँन बाँकी रहेको डीएसपी थापाले बताए । आज दिउँसो २ बजेर ४३ मिनेटमा बाजुराको मेला केन्द्रबिन्दु भएर ५.९ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    यस्तै बझाङमा पनि भूकम्पको धक्काले मन्दिर समेत भत्किएको छ भने अन्य मध्य पश्चिमका जिल्लाहरुमास्थानीयको भागदौड मचिएको थियो ।