पोखरा । गण्डकी प्रदेशमा सत्तारुढ दलहरुबीच मन्त्रालयको भागबण्डा मिलेको छ। आजै तीन मन्त्री नियुक्त हुँदैछन्।
मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको मन्त्रिपरिषद्मा एमालेका रोशनबहादुर गाहा र बेदबहादुर गुरुङ ‘श्याम’सहित नेकपा माओवादी केन्द्रका रेशमबहादुर जुग्जाली मन्त्री नियुक्त हुनेछन्।
एमालेका रोशनबहादुर गाहाले अर्थ मन्त्रालयको जिम्मेवारी पाउनेछन्। वेदबहादुरलाई कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी दिइने छ।
यसअगाडि नै मन्त्री नियुक्त भएकी सीता सुन्दासलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी तोकिएको छ।
नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमानले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, माओवादीकै रेशम जुग्जालीले उद्योग,पर्यटन, वन तथा वतावरण मन्त्रालयको जिम्मेवारी पाएका छन्। राप्रपाका पञ्चराम तमुलाई सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बनाइएको छ।