संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    संसद् भवन अगाडि शरीरमा आगो लगाएका प्रेमप्रसादको उपचारका क्रममा निधन

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७९, बुधबार

    काठमाडौ । संघीय संसद् भवनअगाडि आत्मदाह प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ ।

    कीर्तिपुर अस्पतालमा उपचाररत आचार्यको आज बिहान ५ बजे निधन भएको अस्पतालका डा. किरण नकर्मीले बताए ।

    उनले भने, ‘क्रिटिकल अवस्था थियो । शरीर ८० प्रतिशत जलेको थियो । ८० प्रतिशत शरीरको हिस्सा जल्नु भनेको एकदमै क्रिटिकल अवस्था हो । उहाँको बिहान ५ बजे निधन भयो ।’

    इलाम घर भएका आचार्यले हिजो शरीरमा पेट्रोल हालेर आत्मदाह गरेका थिए । प्रहरीले उद्धार गरी उनलाई अस्पताल पुर्‍याएको थियो ।

    आचार्यलाई भेट्न मङ्गलवार साँझ स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन्।

    उनले केही समय आचार्यसँग कुरापनि गरेकी थिइन् ।

    डा. कार्कीले राज्य, हामी हुँदाहुँदै किन यस्तो गर्नुभयो भन्दा आचार्यले कुरा कसैले सुन्दैन भन्दै दुःखेसो पोखेका थिए ।

    राज्यमन्त्री कार्कीले भनेकी थिइन्— हाम्रो नयाँ सरकार बनेको थिो । एकपटक आउनुपर्ने थियो । हामी केही न केही गर्नेथियौँ ।