काठमाडौ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ आज हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानेविरुद्धको रिटमा अन्तिम सुनुवाइ आज हुने भएको छ। पुस २२ गते संवैधानिक इजलासले अन्तिम सुनुवाइका लागि माघ ११ मा पेस गर्न आदेश दिएको थियो।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत सम्मिलित संवैधानिक इजलासले अन्तरिम आदेश जारी नगर्ने निर्णय सुनाएको थियो। गृहमन्त्री लामिछानेको नेपाली राहदानीमा पनि प्रश्न उठेको छ। अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी लिएको आरोप उनीमाथि छ।