बाजुरामा पुन: भूकम्प
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बाजुरामा पुन: भूकम्प

    खबरपुञ्ज संवाददाता

    १० माघ २०७९, बुधबार

    काठमाडौ । बाजुरा केन्द्रविन्दु भएर बुधबार बिहान पुन: भूकम्पको धक्का महशुस भएको छ । बिहान ९:४० मा बाजुराको बिछियाको केन्द्र बनाई ३.९ रेक्टरको भूकम्प गएको हो ।

    यसअघि मंगलबार दिउँसो २:४३ मा बाजुराकै मेला केन्द्रविन्दु भई ५.९ रेक्टरको भूकम्प गएको थियो । त्यस्तै मंगलबार राति ८:५६ मा बाजुराकै बिछिया केन्द्रविन्दु भई ३.७ रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।