घर छाउन वडाध्यक्ष ठकुरीले दिए १५ हजार
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    घर छाउन वडाध्यक्ष ठकुरीले दिए १५ हजार

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७९, शुक्रबार

    दमौली । भिमाद नगरपालिका-३ का वडाध्यक्ष पदम ठकुरीले आर्थिक रुपमा विपन्न एक व्यक्तिलाई घर बनाउन र छाउनका लागि आर्थिक सहयोग गरेका छन् ।

    ठकुरीले आफूले प्राप्त गर्ने सेवासुविधा बापतको रकम आफ्नै वडाका एक व्यक्तिको घर छाउनका लागि सहयोग गरेका हुन् ।

    सिल्मेका यामबहादुर विकलाई सानो घर बनाउन र छाउनका लागि सहयोग पुगोस् भन्नका लागि आफूले प्राप्त गर्ने सेवासुविधाबाट १५ हजार सहयोग गरेको उनले बताए ।