दमौली । भिमाद नगरपालिका-९ भानुमतिस्थित बुचाखानी माध्यमिक विद्यालयले बस खरिद गर्ने भएको छ। विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन तथा आवश्यकतालाई मध्यनजर गरी विद्यालयले बस खरिद गर्न लागेको हो ।
विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा विद्यालय खरिद गर्न अभियान सुरु गरिएको उक्त वडाका सदस्य शिवकुमार आलेले जानकारी दिए । त्यसका लागि विद्यालयले म गर्छु सहयोग मेरो विद्यालयलाई अभियान सुरु गरेको छ ।
गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री किरण गुरुङले उक्त अभियानको सुरुआत गरे ।