प्रधानमन्त्री प्रचण्डले भने – गठबन्धनभित्र देखिएको समस्या समाधान हुन्छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    प्रधानमन्त्री प्रचण्डले भने – गठबन्धनभित्र देखिएको समस्या समाधान हुन्छ

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७९, शनिबार

    काठमाडौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र देखिएको समस्या समाधान हुने बताएका छन् ।

    पार्टी स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले अहिले कुराकानी जारी रहेको र समस्या समाधान हुने बताए ।

    उनले भने, ‘अहिले मेरो कुरा हुँदै छ, समस्या समाधान हुन्छ ।’

    गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिने नदिने विषयमा सत्ता गठबन्धनभित्र विवाद बढेको छ । रास्वपाले गृहमन्त्री आफूले नपाए सरकार छाड्नेसम्मको चेतावनी दिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले भने गृहमन्त्री आफ्नै पार्टीले राख्ने गरी गठबन्धनमा कुरा गरिरहेका छन् । यसमा एमाले लगायत अन्य दल सहमत छैनन् ।