दमौली । ऑबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान प्रदेश विकास समस्या समाधान समितिको सदस्यमा मनोनित भएका छन्। गण्डकी प्रदेश सरकारले चुमानलाई उक्त समितिको सदस्य पदमा मनोनित गरेको हो ।
समितिको अध्यक्षमा प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी रहेका छन् ।
उक्त समितिले प्रदेशका विकास नीति, योजना, कार्यक्रम तथा आयोजना कार्यान्वयनको प्रगति समीक्षा, समस्याको समाधान लगायत नीतिगत विषयमा काम गर्छ ।