काठमाडौं । टर्कीमा फेरि शक्तिशालि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।
नयाँ भूकम्पमा परि तीन जनाको मृत्यु भएको । भूकम्पको सिरियामा पनि प्रभाव परेको छ । दुई देशमा गरि ६०० भन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
केही समय अगाडिमात्रै सोही क्षेत्रलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको शक्तिशालि भूकम्प जाँदा त्यहाँ ४४ हजारभन्दा धेरैको मृत्यु भएको थियो ।