काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको राष्ट्रपति पदमा यही फागुन १३ गतेसम्म सहमति हुने बताएका छन् ।
बिहीबार सिंहदबारमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि उनले यस्तो बताएका हुन् ।
‘१३ गतेसम्म सहमति भइहाल्छ, पख्नुस् न,” उनले भने ।नयाँ राष्ट्रपतिका लागि फागुन १३ गते उमेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।