फागुन १५ गते सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    फागुन १५ गते सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    दमाैली । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले ४१ औ मगर दिवसको अवसरमा फागुन १५ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    मगर समुदायको बाक्लो उपस्थिति रहेको गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । सार्वजनिक बिदाको दिन गाउँपालिकाभित्रका सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहनेछन् ।

    जनसङ्ख्या अनुसार गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास रहेको छ । कूल २२ हजार ५ सय २ मध्ये यस गाउँपालिकामा मगर समुदायको जनसङ्ख्या ३१।८९ प्रतिशत अर्थात् ७ हजार १ सय ७५ रहेको छ ।

    जिल्लाका स्थानीय तहले पर्व विशेषका अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।