माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउने माओवादी सहित तीन दलको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउने माओवादी सहित तीन दलको निर्णय

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७९, बिहीबार

    काठमाडौ । सत्तारुढ नेकपा माओवादीसहित तीन दलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति उम्मेदवारमा प्रस्ताव गर्ने भएका छन् । नेपालकाे नाममा राष्ट्रिय सहमति जुटाउन भाेलि एमाले र कांग्रेससँग संवाद गर्ने निर्णय भएकाे छ ।

    राष्ट्रपतिका विषयमा छलफल गर्न आज बेलुकी नेकपा माओवादी केन्द्र, नेकपा एस र जसपाका शीर्ष नेताहरू वैठकमा जुटेका थिए । प्रधानमन्त्री प्रचण्डसमेत सहभागी उक्त वैठकमा नेपाललाई राष्ट्रपतिकाे उम्मेदवारमा प्रस्तावित गर्ने सहमति जुटेकाे एक नेताले बताए । नेपाललाई सर्वसम्मत उम्मेदवार बनाउन पहल गर्ने निर्णय पनि भएकाे ती नेताकाे भनाइ छ ।

    नेपाललाई राष्ट्रपति उम्मेदवार बनाउन अर्काे सत्तारूढ दल एमाले पनि सकारात्मक छ । कांग्रेसले भने राष्ट्रपति आफूले पाउनुपर्ने दावी गरिरहेकाे छ । एमाले र माओवादी एक ठाउँमा आए राष्ट्पतिमा नेपालकाे दावेदारी बलियाे बन्नेछ । साथै अहिलेकाे सत्तारूढ गठवन्धन जाेगिन सक्छ ।

    आजकाे वैठकपछि निस्कदै प्रधानमन्त्री प्रचण्डले छलफल जारी रहेकाे र भाेलि एमाले अध्यक्षसँग कुरा  गर्ने बताएका थिए । (नेपाल प्रेसबाट)