व्यासका प्रमुख प्रशासकीय अधिकृत नागिलाकाे सरुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासका प्रमुख प्रशासकीय अधिकृत नागिलाकाे सरुवा

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, मंगलवार

    दमाैली । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि नागिलाकाे सरुवा भएकाे छ । कर्मचा्री र प्रमुख प्रशासकीय अधिकृतकाे टकरावका कारण उनकाे सरुवा हुने हल्ला चलेकाे थियाे ।

    उनकाे सरुवाका लागि व्यासकै कर्मचारी लागेकाे स्राेतले जनाएकाे छ । केही कर्मचारी मन्त्रालय पुगेर उनकाे जसरी पनि सरुवा गर्न लागिपरेका थिए ।

    व्यासकाे प्रमुख प्रशासकीय अधिकृतमा गङ्गालाल सुवेदी आउने भएका छन् । सरुवा भएकाे बारेमा साेध्दा नागिलाले आफूले पनि हल्ला सुनेकाे बताए ।