सैनिक प्रवक्ता भन्छन्- नेपाली सेनाको सूचना सुरक्षित छ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    सैनिक प्रवक्ता भन्छन्- नेपाली सेनाको सूचना सुरक्षित छ

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले नेपाली सेनाको सूचना सुरक्षित भएको बताएका छन् ।

    प्रवक्ता भण्डारीले सेनाको आधिकारिक सबै सूचना सुरक्षित भएको बताए । आज नेपाली कांग्रेस नेतृ आरजु राणाले नेपाली सेनाको सूचना टर्की पुग्ने गरेको भनेर आरोप लगाएकी छन् नि भन्ने जिज्ञासामा भण्डारीले भने, ‘नेपाली सेनाको सूचना सबैले एक्सेस गर्नेगरी छैन ।’

    प्रवक्ता भण्डारीले व्यक्तिगत र कमरसियल मेल र सेनाको आधिकारिक सूचना फरक-फरक हुने भन्दै आधिकारिक सूचना सुरक्षित भएको बताए ।