गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    गृह मन्त्रालयका सात सहसचिवको जिम्मेवारी हेरफेर

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७९, बुधबार

    काठमाडौं । गृह मन्त्रालय मातहतमा कार्यरत सात सहसचिवको जिम्मेवारी हेरफेर गरिएको छ । जसअनुसार अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारीलाई जिम्मेवारी दिइएको छ । 

    गृहमन्त्रालयका अनुसार सहसचिव आस्मान तामाङलाई आन्तरिक व्यवस्थापन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ भने रुद्रादेवी शर्मालाई नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखको जिम्मेवारी दिइएको छ ।

    मन्त्रालयका सहसचिव नारायण रिसाललाई बर्दियाको प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ भने सो जिम्मेवारीमा रहेका बन्धुराज बास्तोलालाई जिल्ला प्रशासन कार्यालय पाल्पा र पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तलाई गृह मन्त्रालयमा ल्याइएको छ । 

    मन्त्रालयमा कार्यरत सहसचिव फणिन्द्रमणि पोखरेललाई मन्त्रालयअन्तर्गत रहेको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशक बनाइ पठाइएको छ ।