रास्वपाले किन फेर्यो चुनाव चिन्ह ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रास्वपाले किन फेर्यो चुनाव चिन्ह ?

    खबरपुञ्ज संवाददाता

    १६ फाल्गुन २०७९, बुधबार

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनाव चिन्ह परिवर्तन गरेको छ ।

    मतदान गर्न सहज होस र मतदाता नझुक्किउन भन्ने उदेश्यले चुनाव चिन्ह परिवर्तन गरिएको रास्वपाले जनाएको छ ।

    यो सँगै अब रास्वपाको चुनाव चिन्ह घण्टी मात्रै भएको छ । यसअघि गोलाकार भित्रको घण्टी थियो ।

    रास्वपाको घण्टी चिन्हलाई निर्वाचन आयोगले मान्यता पनि दिएको छ । यसअघि घण्टी मात्रै चुनाव चिन्हको पार्टी पनि भएको तर हाल उक्त चुनाव चिन्ह भएको पार्टी खारेज भइसकेकोले उक्त चिन्हलाई आयोगले मान्यता दिएको हो ।