बेपत्ता पाठक नारायणीमा मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बेपत्ता पाठक नारायणीमा मृत फेला

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७९, मंगलवार

    चितवन । बिहीबारदेखि बेपत्ता भएका हेटौडौका सौरभ पाठक मृत अवस्थामा फेला परेका छन् । हेटौडा उपमहानगरपालिका-९ बस्ने २४ वर्षीय पाठक भरतपुर महानगरपालिका-१ नारायणी नदी किनारमा मृत फेला परेका हुन् ।

    हेटौडा जान्छु भनेर काठमाडौबाट हिडेका उनी सोही दिनदेखि सम्पर्कविहिन थिए । उनको झोला नारायणी नदी किनारमा भेटिएको थियो ।