काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्चले प्रदान गर्ने स्पोर्टस् अवार्ड अन्तर्गतको पिपल्स च्वाइस अवार्ड भलिबल खेलाडी उषा भण्डारीले जितेकी छिन् ।
क्रिकेटमा आसिफ शेख, टेनिसकी अभिलाष विष्ट, फुटबलका अञ्जन विष्ट, पौडीकी डुवाना लामालाई पछि पार्दै भण्डारीले अवार्ड हात पारेकी हुन् ।
भोटिङका आधारमा विजेता चयन गरिएको यो विधामा उनले कुल ३८ प्रतिशत भोट पाइन् । भण्डारी तनहुँको भिमाद नगरपालिका-१ निवासी हुन् ।
विजेता छनोटका लागि इसेवाबाट आउने भोटिङको मतभार ५० प्रतिशत, एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको आधिकारिक फेसबुक पेजमा गरिने भोटिङको मतभार २५ प्रतिशत र राष्ट्रिय प्रशिक्षकको मतभार १२.५ प्रतिशत र खेलकुद पत्रकारले गर्ने भोटिङको मतभार पनि १२.५ प्रतिशत थियो ।