काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजमा आगो

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७९, बिहीबार

    काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको श्री एयरलाइन्सको जहाजको इन्जिनमा आगो लागेको छ । उडान नं. ८२१ को जहाजको इन्जिनमा आगो देखिएको हो ।

    सो जहाजलाई काठमाडौंमै आकस्मिक अवतरण गराउने तयारी छ । विमानस्थल स्रोतका अनुसार काठमाडौंबाट उड्नासाथ चालक दलका सदस्यले इन्जिनमा आगो देखिएको भनेर टावरलाई जानकारी गराएका थिए ।