स्ववियु निर्वाचनमा अनेरास्ववियु र विप्लव निकट अखिल (क्रान्तिकारी) बीच सहकार्य हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    स्ववियु निर्वाचनमा अनेरास्ववियु र विप्लव निकट अखिल (क्रान्तिकारी) बीच सहकार्य हुने

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७९, शुक्रबार

    काठमाडौं । नेकपा (एमाले)  निकट अनेरास्ववियु र विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी) बीच आगामी स्ववियु निर्वाचनमा तालमेल र सहकार्य गर्ने सहमति भएको छ ।

    शुक्रबार दुई संगठनका अध्यक्षहरूबीच तालमेल र सहकार्य गर्ने सहमति भएको हो । 

    अब दुई संगठनबीच देशव्यापी रूपमा तालमेल र सहकार्य हुने छ ।  उनीहरूले अन्य वामविद्यार्थी संगठनहरूलाई पनि तालमेल र सहकार्यका लागि अपील गरेका छन् ।

    त्रिविअन्तर्गतका क्याम्पसहरूमा स्ववियु निर्वाचन आगामी चैत ५ गते हुँदै छ ।