दमाैली । तनहुँकाे देवघाट गाउँपालिका-५ टाउनचाेकबाट चाेरी भएकाे माेटरसाइकल सहित चाेरी गर्नेलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा चितवनकाे भरतपुर महानगरपालिका-१६ का २७ वर्षीय राजकुमार थापा रहेका छन् ।
गत फागुन २५ गते घनश्याम अधिकारीकाे घर अगाडी राेकिराखेकाे ना ४४ प २९७४ नम्बरकाे माेटरसाइकल चाेरी गरी फरार भएका थापालाई देवघाट गाउँपालिका-५ बाट शनिबार पक्राउ गरिएकाे प्रहरी नायब उपरिक्षक माेहनबहादुर खाँणले जानकारी दिए ।
पक्राउ परेका विरुद्ध तनहुँ अदालतबाट आइतबार सात दिनकाे म्याद थप गरिएकाे छ ।