चैत ५ गते चुनाव नभए क्याम्पसका कर्मचारीलाई निमाेठेर ल्याउँछाै : भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    चैत ५ गते चुनाव नभए क्याम्पसका कर्मचारीलाई निमाेठेर ल्याउँछाै : भट्टराई

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    दमाैली । व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसका अखिल क्रान्तिकारी इकाइ अध्यक्ष निर्दाेष भट्टराईले चैत ५ गते नै स्ववियु निर्वाचन हुनुपर्ने बताएका छन् । भट्टराईले शुक्रबार बिहान क्याम्पसमा आयाेजित कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

    क्याम्पस प्रशासनले शुक्रबार दिउँसाे विज्ञप्ती जारी गरी अर्काे सूचना नभएसम्मका लागि निर्वाचन स्थगित गरेकाे छ ।

    भट्टराईले चैत ५ गते चुनाव नभए प्रतिकार गर्ने बताए । “कसरी हुन्छ क्याम्पस प्रशासनले चुनाव गरेर देखाओस्, नभए क्याम्पस प्रशासनका कर्मचारीलाई कहाँ कसरी निमाेठेर ल्याउनुपर्छ हामीलाई पनि थाहा छ,” उनले भने । भट्टराईले क्याम्पसलाई राजनीति गर्ने थलाे नबनाउन आग्रह गरे ।

    भट्टराईले विद्यार्थीकाे भविष्यमाथि खेलबाड हुन नदिने बताउँदै अराजक तत्व क्याम्पसमा आए लखेट्ने चेतावनी दिए ।

    भट्टराई नेविसङ्घ प्यानलमा सदस्य पदका उम्मेदवार हुन् । उक्त प्यानलबाट गाैरव पन्थ सभापति उम्मेदवार हुन् ।