रोटर्याक्टले बनायो व्यासगुफा परिसरमा आकर्षक धारा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    रोटर्याक्टले बनायो व्यासगुफा परिसरमा आकर्षक धारा

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    दमाैली । रोटर्याक्ट क्लव अफ दमौलीले व्यास–३ स्थित व्यास गुफा परिसरमा आकर्षक धारा निर्माण गरेको छ । व्यास नगरपालिका, रोटरी क्लव र रोटर्याक्ट क्लवका सदस्यहरुको आर्थिक सहयोगमा क्लवले धारा निर्माण गरेको हो ।

    जीर्ण अवस्थामा रहेको निकै पुरानो उक्त धारालाई क्लवले पुर्ननिर्माण गरेको क्लवका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । उक्त धारा निर्माणका लागि करिब रु पाँच लाख खर्च भएको छ । व्यास गुफाक्षेत्र आउने भक्तजन एवं सर्वसाधारणलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यस्वरुप धारा निर्माण गरिएको श्रेष्ठले बताए ।

    उक्त धाराको शनिबार व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उद्घाटन गरेका छन् ।